काठमाडौं — सेयर बजार परिसूचक (नेप्से) बुधबार १५ दशमलव ८७ अङ्कले बढेर २ हजार ३ सय ४२ दशमलव ७७ बिन्दुमा पुगेको छ । आजको दिन बजारमा १ करोड ५९ लाख कित्ता कारोबार हुँदा कुल कारोबार रकम ६ अर्ब २१ करोडको शेयर कारोबार भएको छ ।
आज दिनभर १ सय ७६ कम्पनीको २ सय ११ वटा स्क्रिपको सेयर कारोबार हुँदा १ सय ४ कम्पनीको मूल्य बढेको छ । ६१ कम्पनीको मूल्य घट्दा ११ कम्पनीको शेयरमूल्य स्थिरनै रहेको छ । आज बजार बढे पनि ५ वटा उपसूचकको कारोबार भर्ने घटेको छ । यद्यपि आज पनि १६ वटा कम्पनीको शेयरमूल्य भने ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।
सबैभन्दा धेरै मूल्य बेष्ट फाइनान्सको ९ दशमलव ९४ प्रतिशतले बढेको छ । बजारमा आज सबैभन्दा बढी मूल्य घट्ने कम्पनी विशाल बजारले ३ दशमलव ९५ प्रतिशत मूल्य गुमाएको छ । समग्र बजार बढ्दा कूल बजार पुँजीकरण बढेर ३१ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ ।