काठमाडौं – नेपाल टिन लिडर्सको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा अवस्थित सडकमै राष्ट्रियसभा बैठकको नमुना बैठक प्रदर्शन गरिएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा सडकमा नमुना संसदको अभ्यास गरिएको हो । सडकमा राष्ट्रियसभाको बैठक बसी संसद विघटनविरुद्ध साङ्केतिक विरोध गरिएको आयोजकले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटनको कदम चालेपछि त्यसको विरोधमा दिनहुँ विरोध प्रदर्शन भइरहेको छ ।