cie+nepal.jpg

काठमाडौं – सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी रहेको भनी सो मिलाउनको लागि घूस मागेको उजुरीका आधारमा अख्तियार टोलीले भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठलाई ४० हजार घूससहित अख्तियारको टोलीले पक्राउ गरेको छ ।

नायब सुब्बा मन्दिप कुमार श्रेष्ठद्वयलाई घूस रकम लिइसकेको अवस्थामा लगनखेलको बसपार्क नजिकैबाट मंगलबार नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिएका छन् ।