काठमाडौं – सर्वोच्च अदालतमा जारी सुनुवाईमा बहस गर्ने अधिवक्तालाई समय तोकिएको छ । आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा यसअघि एउटै अधिवक्ताले घण्टौँ सम्म बहस गरेपछि समय अभाव हुनसक्ने भन्दै बहसलाई छरितो बनाउन न्यायाधीशहरुले सुझाव दिएका थिए । त्यससँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आधा घण्टाको समय निर्धारण गरेका छन् ।
तर प्रधानन्यायाधीश राणाले समय निर्धारण गरे लगत्तै बरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले १ घण्टा सम्मको समय माग गरेका थिए । प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध गत आइतबारदेखि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाई जारी भैरहेको छ ।