gold-641x405.jpg

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । हिजो तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासङ्घले जानकारी दिएको छ ।

महासङ्घका अनुसार तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यसैबीच आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । हिजो तोलामा १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर तोलामा १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको महासङ्घले जानकारी दिएको छ ।