latin-america-scaled.jpeg

काठमाडौं – जोन होपकिन्स युनिभिर्सिटीको ड्याशबोर्डको आँकडा अनुसार मंगलबारसम्म अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको कुल सङ्ख्या ४ लाख १ हजार ५ सय ३३ पुगेको छ । अमेरिकामा लगभग यति नै मानिस दोस्रो विश्वयुद्धको क्रममा मारिएका थिए जुन ३ वर्ष ९ महिनासम्म चलेको थियो ।

जो बाइडेन प्रशासनमा सेन्टर फर डिजिज कन्ट्रोल तथा प्रिभेन्सनका हुन लागेका प्रमुख रोशेल वेलेनस्कीले फेब्रुअरीको मध्यसम्म कोरोना भाइरसका कारण अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ५ लाखसम्म पुग्न सक्ने अनुमान गरेका छन् । संसारभर कोरोना भाइरसको सङ्क्रमणका कारण २० लाख ५६ हजारभन्दा धेरै मानिसको ज्यान गएको छ । यीमध्ये सबैभन्दा धेरै अमेरिकामा ४ लाख १ हजार ५ सय ३३ जनाको ज्यान गएको छ ।

कोरोना भाइरसका कारण मृत्युको मामिला अमेरिकापछि ब्राजिल, भारत, मेक्सिकोलगायतका देशमा सर्वाधिक छ । जहाँ ब्राजिलमा हालसम्म कोरोनाका कारण २ लाख ११ हजार ४ सय ९१ जनाको ज्यान गएको छ भने भारतमा १ लाख ५२ हजार ५ सय ५६, मेक्सिकोमा १ लाख ४२ हजार ८ सय ३२ र यूकेमा ९१ हजार ६ सय ४३ जनाको ज्यान गएको छ ।