ezgif-6-2a6dc056e182.jpg

काठमाडौं – दलाल र मालपोतका कर्मचारीहरुको मिलेमतोमा जग्गाधनीलाई थाहै नदिइ जग्गा नामसारी गरेको आरोपमा थप २ जनालाई प्रहरीले पक्राउ परेका छ । वीरेन्द्रनगर नगरपालिका –६ का सौगात रावतको जग्गा किनबेचका लागि सिफारिस गरेको आरोपमा वीरेन्द्रनगर वडा नम्बर – १२ का कार्यवाहक अध्यक्ष रामप्रसाद दर्लामी र वडा सचिव उत्तम अधिकारी पक्राउ परेका हुन् ।

यसअघि मालपोत कार्यालयका नायव सुब्बा विश्वरुप सावत र आवश्यक कागजात लिखित गर्ने अम्मरसिंह कटुवाल पक्राउ परिसकेका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखी थप अनुसन्धान गरिएको छ । र सो घटनाको बारेमा छानविन भइरहेको प्रहरी जानकारी दिएको छ । सो घटनामा अन्य व्याक्ति पनि सङ्लग्न भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।