Shambhu-Shrestha-2.jpg

काठमाडौं – वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले आफूलाई बालुवाटारले पेडा खान आउनको लागि बारम्बार अनुरोध गरेपनि आफूले अस्वीकार गरेको जानकारी दिएका छन् । प्रेस सङ्गठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले असली पेडा पसल चिन्न आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने र हत्या गर्नेबीच लडाई जारी रहेकाले गणतन्त्रको हत्या गर्ने पक्षले आफूलाई असली पेडा पसल बालुवाटारको हो भन्न बोलाएपनि आफूलाई विश्वास नलागेको उनले बताएका छन् ।

‘बाजेकोे पेडा पसल मै हुँ भनेर बालुवाटारमा पेडा पसल थाप्नु भएको छ । तर, साँचो अर्थमा नेपाल कम्युनिस्ट पार्टी नेकपा यहाँ छ । तर अर्को नेकपा पेडा बालुवाटारमा छ ।’ श्रेष्ठले हिजो बेलुका र बिहान पेडा खान फोन आएको भन्दै उनीहरुको नियत बुझेर गणतन्त्र ध्वस्त पार्नेहरुलाई साथ नदिने बताएका हुन् । पूर्व प्रेस चौतारीका अध्यक्ष समेत रहेका श्रेष्ठले पेडा पसलका गफमा नझुल्न र प्रतिगामी कदमका विरुद्ध लाग्न सवैलाई अनुरोध समेत गरेका छन् ।