coronavirus_EcVeqVQL4h.jpg

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर ३ सय ४८ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित फेलापरेका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ । आज ४ सय ४१ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको छ । हाल देशभर ३ हजार ७ सय ६४ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै देशभर आज ४ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल सङ्ख्या १ हजार ९ सय ६९ पुगेको छ ।

आज काठमाडौं उपत्यकामा मात्रै २ सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ५९, भक्तपुरमा २७ र ललितपुरमा ३२ जना कोरोना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार हाल देशभर १ सय ६१ जना कोरोना सङ्क्रमितको आइसीयूमा र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । आज देशभर ४ हजार ९ सय ५६ जनाको पीसीआर परीक्षण भएको छ । हाल देशभर ३ हजार ७ सय ६४ सक्रिय सङ्क्रमित रहेका छन् ।