supreme-court-of-nepal15422.jpg

काठमाडौँ– सर्वोच्च अदालतमा जारी संसद विघटन सम्बन्धी मुद्दाको बहस आज पनि हेर्दा हेर्दैमा टुङ्गिएको छ । मंगलबार रिट निवेदकको तर्फबाट चारजना अधिवक्ताहरुले बहस गरेका हुन् । बहसका क्रममा अधिवक्ताहरुले अहिलेको संविधानमा संसद विघटनको व्यवस्था नभएको जिकिर गरेका छन् । संसद विघटन सम्बन्धी मुद्दाको सुनुवाई संवैधानिक इजलासमा भइरहेको छ । बहस भोलि पनि हुनेछ ।