low-remittance-graph.jpg

काठमाडौं – आज सेयर कारोबार मापक नेप्से परिसूचक ५ अङ्कले घटेको छ । दिनभर बजारमा तीव्र उतारचढाव पछि अन्तमा ५ दशमलव ५७ अङ्कले बजार घटेर २ हजार ३ सय २६ दशमलव ९० अङ्कमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८५ अङ्कले घटेकोे छ ।

आज विहान कारोबार शुरु भएसँगै बजार बढ्न थालेको थियो । नेप्सेपरिसूचक बढेर २ हजार ३ सय ६२ सम्म पुगेको थियो । तर त्यसपछि भने नेप्सेपरिसूचक घट्न शुरु भयो । दिनभरको घटबढ पछि अन्तमा ५ दशमलव ५७ अङ्कले घटेर बन्द भएको हो, तर कारोबार रकम भने हिजोको तुलनामा वृद्धि भएको छ । हिजो साढे ६ अर्बको कारोबार भएकोमा हाज ७ अर्ब ४६ करोड रुपैयाँ भन्दा धेरेको कारोबार भएको छ । १ करोड ६३ लाख ५ हजार १ सय ४१ कित्ता सेयर किनबेच भएका छन् ।