-china-high-speed-maglev-train.jpg

काठमाडौं – चीनले नयाँ हाई स्पिड रेलको डिजाइन सार्वजनिक गरेको छ । यो रेल प्रति घण्टा ६ सय २० किलोमिटरसम्मको गतिमा कुद्न सक्ने अधिकारीहरुले जानकारी गराएका छन् । यो रेल उच्च–तापक्रमयुक्त सुपर कन्डक्टिङ (एचटिएस) शक्तिमा चल्नेछ, जस्तो कि चुम्बकीय ट्रयाकमा रेल तैरिरहेको जस्तो देखिनेछ । २१ मिटर लामो प्रोटोटाइप १३ जनवरीमा सिचुआन प्रान्तको छेन्दु शहरमा सार्वजनिक गरिएको हो ।

यस प्रोटोटाइप तयार गर्ने काममा खटिएका दक्षिणपश्चिम जिआओतोङ विश्वविद्यालयका उपाध्यक्ष तथा प्रोफेसर हि चुआनले ३ देखि १० वर्षभित्रमा यो रेल सञ्चालनमा आउन सक्ने बताएका छन् । ‘सिचुआनसँग दूर्लभ प्राकृतिक स्रोतहरु छन् । स्थायी चुम्बकीय ट्रयाकहरु निर्माणका लागि हामीलाई यो निकै फाइदाजनक हुनेछ ।’

विश्वको सबैभन्दा ठूलो हाई–स्पिड रेल नेटवर्क चीनमै छ, जो ३७ हजार किलोमिटरसम्म फैलिएको छ । त्यस्तै विश्वकै अति तिव्र व्यवसायिक रेल साङ्घाई माग्लेभ पनि चीनमै छ, यो चीनको पहिलो तिव्र गतिको माग्लेभ रेल हो । सन् २००३ बाट यसको शुभारम्भ भएको थियो । अधिकतम ४ सय ३१ किलोमिटर प्रतिघण्टाको उच्च स्पिडमा कुद्न सक्ने यो रेलले साङघाई पुदोङ विमानस्थल र पूर्वी साङघाईको लङयाङ सडकलाई जोड्छ । चीनले २०२२ को विन्टर ओलम्पिक अघि थप पूर्वाधार विकास गर्ने चटारो देखाइरहेको छ, भर्ने विन्टर ओलम्पिक बेइजिङमा हुनेछ ।