flying_bullet_with_flame_312585.jpg

काठमाडौं – रोल्पा नगरपालिमा वडा नम्बर ९ फाल्जाकी ४५ बर्षीया बरु पुनमाथि सोमबार बेलुका साढे ७ बजेरित जङगलवाट घाँसको भारी बोकेर घर फर्किने क्रममा गोली प्रहार भएको हो । जङ्गलबाट बाख्रा चरायर घाँसको भारीसहित घर फर्किने क्रममा स्थानीय ३७ वर्षीय हस्तबहादुर पुनले उनलाई गोली हानेको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिएका छन् । हस्तबहादुर पुनले प्रहारगरेको गोलि ति महिलाको टाउकोमा लागेको छ, र उनको अवस्था अहिले गम्भीर रहेको डिएसपी सुबेदीले जानकारी दिएका छन् । घाइतेलाई आज विहान ४ बजेतिर जिल्ला अस्पताल रेउघाबाट थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगेर उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका पुनले भर्ने आफूले हरिन ठानेर ती महिलालाई गोली चलाएको प्रहरी समक्ष दावीसहितको बयान दिएका छन् । हरिणले गहुँबाली खाएर नाश गरेपछि हरिन मार्न भनेर आफू बसेको र झुसमुसे अँध्यारोमा घाँसको भारी बोकेकी महिला आउँदा हरिन ठानेर आफुले गोली चलाएको दाबी गरेको डिएसपी सुबेदीले बताएका छन् । गोली हान्ने पुनलाई आज विहान भरुवा बन्दुकसहित पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी सुवेदीले जानकारी दिएका छन् ।