Dr.-Prakash-Chandra-Lohani-1.jpg

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण प्रजातन्त्र धरापमा परेको जानकरी दिएका छन् । उनले अब राजतन्त्र पुनःस्थापनाको विकल्प नभएको समेत जिकिर गरेका छन् । जनताले स्थिर सरकारको निमित्त झन्डै दुई तिहाइ मत नेकपालाइ दिएपनि नेकपाले त्यसको सदुपयोग गर्न नसकेको र आपसी घर झगडाको कारण जनप्रतिनिधि मुलक संस्था प्रतिनिधिसभा विघटन गरिएको डा.लोहनीले बताएका छन् ।

मोरङमा आयोजना गरीएको राप्रपाको कार्यक्रममा (राप्रपा)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले संविधानले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् विघटन गर्ने कुनै पनि अधिकार नदिएको बताएका छन् । संसद विघटन कार्यको वैधानिकताको विषयमा अदालतले गर्ने फैसला ऐतिहासिक हुने बताउँदै उनले कानुनी राजप्रति सवैको विश्वास रहेको धारणा समेत व्याक्त गरेका हुन् । लोहनीले राजनितिक तथा कुटनितिक सबै रुपमा सरकार असफल भैसकेको टिप्पणी गर्दै सरकारकै कारण अन्तर्राष्ट्रिय रुपमा नेपालको छवि धमिलिएको समेत बताएका छन् ।

केपी शर्मा ओलीको सर्वसत्तावादी चिन्तनको कारण प्रजातन्त्र धरपमा परेको र आफूहरु प्रजातन्त्रको संरक्षणका निमित्त राजसंस्था स्थापनार्थ आन्दोलनरत रहेको उनको भनाई छ । फरक प्रसङ्गमा उनले राजसंस्था र हिन्दुराष्ट्र राप्रपाको मुल सिद्धान्त रहेकाले यसको रक्षा रसंरक्षण गर्नु आफूहरुको कर्तव्य रहेको समेत उनले बताएका छन् । कार्यक्रममा पार्टीका अन्य नेताहरु श्याम तिमिल्सिना, जनकराज पाठक, सगुन लावती पाठक, राजु लोहनी, नरेश राईलगायतले त्यस आयोजित कार्यक्रममा सम्वोधन गरेका थिए ।