sun+10.jpg

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्यवृद्वि भएको छ । हिजो तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार तेजावी सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । हिजो तोलामा १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर तोलामा १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।