13092016015345NA-plane.jpg

काठमाडौं – नेपाल वायुसेवा निगमले पहिलोपटक मकाउमा चाटर्ड उडान सुरुगर्न लागेको छ । नेपाल एयरलाइन्सको न्यारोडबडी जहाज आज राती ११ बजे मकाउका लागि उड्ने भएको छ । वैदेशिक रोजगारीका सिलसिलामा मकाउमा रहेका नेपाली यो उडानमार्फत नेपाल र्फकने भएका छन् । काठमाडौंबाट भने यात्रुहरु लैजान मकाउले रोक लगाएका कारण जहाज रित्तैनै मकाउ जानेभएको छ ।

जहाज बुधबार बिहान करीव १० बजे काठमाडौंमा अवतरण गरिसक्ने कम्पनीका एक अधिकारीले बताएका छन् । ‘यो गन्तव्य हाम्रा लागि निकै महत्वपूर्ण छ’, उनले भने, ‘पर्यटकीय क्षेत्र भएकाले भविष्यमा ठूलो सम्भावना बोकेको क्षेत्र हो मकाउ ।’ अहिले मकाउमा जाने नेपालीले हङकङ वा चीन ट्रान्जिट गरी समुन्द्रीमार्ग प्रयोग गरी आउजाउ गदैआएका छन् । तर, हङकङले कडाई गर्दा मकाउ जाने यात्रु प्रभावित हुने गरेका छन् । हङकङ र मकाउ दुबै चीन स्वशाशित क्षेत्र हुन् । नेपाल एयरलाइन्सले मकाउबाट १ सय ४७ जना यात्रुलाई काठमाडौं ल्याउन लागेको छ ।