Death_Picture_EPS.jpg

काठमाडौं – मकवानपुर गढी गाउँपालिका –२ स्थित भालङटारमा एक महिला घरभित्रै मृत अवस्थामा फेला परेकी छन् । सोमबार बिहान ४६ वर्षीया श्रीमाया गोले आफ्नै घरभित्रै मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे जानकारी पाएसँगै घट्ना स्थल पुगेको प्रहरी टोलीले मृतकको श्रीमान ४६ वर्षीय देवराज गोलेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले बताएका छन् ।

घटना सङ्कास्पद देखिएपछि देवराजलाई नियन्त्रणमा लिएको रानाले जानकारी दिएका छन् । प्रारम्भिक अनुसन्धानको क्रममा श्रीमायाको हत्यामा देवराजको सङ्लग्नता देखिन आएकोले उनलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले बताएका छन् । देवराजलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।