ezgif-4-fb3d70bd7272.jpg

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर ३ सय २२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको छ, र थप ३ सय ७४ जना कोरोना भाइरसका सङ्क्रमित कोरोना मुक्तभएका छन् । आजको यो सङ्ख्यासँगै कोरोना भाइरसको सङ्क्रमण बाट मुक्त हुनेको कुल सङ्ख्या २ लाख ६१ हजार ८ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । आज नेपालमा ६ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । आजको यो सङ्ख्यासँगै देशभर कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ९ सय ६५ पुगेको छ, ।