stok-exchange.jpg

काठमाडौं – सेयर बजार नेप्से परिसूचक आज पनि वृद्वि भएको छ । नेप्से परिसूचक आज १७ दशमलब ३१ विन्दुले बढेर २ हजार ३ सय ३२ दशमलब ३२ अङ्कमा पुगेकोे छ । आज १ करोड ५५ लाख कित्ता शेयर खरिद बिक्री हुँदा कूल ६ अर्ब ३१ करोडको कारोबार भएको छ ।

बजारमा १ सय ७६ कम्पनीको कारोबार हुँदा आज १ सय १० वटा कम्पनीको मूल्य बढेको छ । ५३ कम्पनीको मूल्य घट्दा १३ कम्पनको मूल्य भर्ने स्थिरनै रहेको छ । आज १८ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले वृद्वि भएको छ । सबैभन्दा धेरै वृद्धि छिमेक लघुवित्त वित्तीय संस्थाको छm र सबैभन्दा बढि समृद्धि फाइनान्सको ४ दशमलब १४ प्रतिशतले गिरावट भएको छ । बजार बढेसँगै बजार परिसूचक र पुँजीकरण अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ । आज कूल बजार पूँजीकरण २३ अर्बले बढेर ३१ खर्ब ४१ अर्ब पुगेको छ ।