ecfc64e8f2cbce60ff41798c424f35c7_L.jpg

काठमाडौं – काठमाडौंको रवि भवनमा भीषण आगलागी भैरहेको छ । रवि भवनस्थित सिटी अपार्टमेन्टमा आगलागी भएको हो । आगो नियन्त्रणमा लिन वारुणयन्त्रसहित हेलिकप्टर पनि परिचालन गरि आगो निभाउने प्रयास गरिएको छ । आगलागीको कारण भर्ने अझै खुलेको छैन ।

पाँचौ तल्लाबाट आगलागी सुरु भएको काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले बताएका छन् । उनको भनाई अनुसार अपार्टमेन्टबाट मानिसहरुलाई बाहिर निकाल्ने काम भइरहेको र नेपाल प्रहरी, नेपाली सेना, काठमाडौं महानगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा आगो निभाउने प्रयास जारी भैइरहेको बताएका छन् ।