ezgif-6-5a1a8ba4892a.jpg

काठमाडौं – आज बिहान टोखा नगरपालिका – ९ दिपज्योतीस्थित सफर गेष्ट हाउसका कर्मचारी मृत अवस्थामा फेला परेका छन् । मृतक सिन्धुपाल्चोक घर भई गेष्ट हाउसको काउन्टरमा कार्यरत आन्दाजी ४० वर्षीय राज कार्की रहेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी नायब उपरीक्षक (डिएसपी) रोशन खड्काले जानाकारी दिएका छन् गेष्ट हाउसकाल रहेका अन्य कर्मचारीले बिहान ५ बजे काउन्टरमै कार्कीलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई जानकारी दिएका थिए ।

सोही जानकारीका आधारमा तत्कालै प्रहरीको टोली घटनास्थल पुगेको डिएसपी खड्काले जानकारी दिएका छन् । उनका अनुसार घटना शंकास्पद छैन । ’उनले मापसे धेरै गर्ने गरेको बुझिन्छ । उनको मृत्यु पनि त्यही कारणले भएको देखिन्छ,’ उनको शवलाई पोष्टमार्टम गर्न महाराजगञ्जस्थित टिचिङ अस्पतालमा राखिएको छ । थप कुरा पोष्टमार्टमपछि खुल्ने उनले जानकारी दिएका छन् ।