ezgif-6-c5ee3948cfa0.jpg

काठमाडौं – एनआइसी एसिया बैंकले लिलामीमा ल्याएको ४ वटा कम्पनीको सेयर किन्ने आज अन्तिम दिन रहेको छ । एनआइसी एसिया बैंकले पुस २७ गतेदेखि आफ्नो स्वामित्वमा रहेका ४ वटा कम्पनीको ६ लाख २३ हजार ८ सय ८० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुलाएकोे थियो ।

बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६०, सूर्या लाइफ इन्सुरेन्सको १ लाख ८९ हजार ६ सय ६४, एसियन लाइफ इन्सुरेन्सको १ लाख २८ हजार ७ सय ९० कित्ता र नेसनल लाइफ इन्सुरेन्सको १ लाख २ हजार ८ सय ६६ कित्ता सेयर लिलामीमा ल्याएको थियो ।

लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम १५ सय ३०, सूर्या लाइफ इन्सुरेन्सको सेयरमा न्यूनतम ३ सय ५०, एसियनको सेयरमा न्यूनतम ४ सय ३३ रुपैयाँ र नेसनल लाइफ इन्सुरेन्समा न्यूनतम ५ सय ८ रुपैयाँ मूल्य राखेर आवेदन दिन सक्नेछन् । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन पाइने छ ।