accident.jpg

काठमाडौं – झापाको दमकमा आज बिहान एम्बुलेन्स र अटो एकापसमा दुर्घटनाहुदा २ जनाको ज्यान गएको छ । ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक – ४ ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे १ च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किएका हुन् ।

आज बिहान करीब ९ः४५ बजे भएको योे दुर्घटनामा अटो रिक्साका चालक मोरङ, उर्लाबारी नगरपालिका – ४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र त्यसमा सवार झापाका रमेश श्रेष्ठको ज्यान गएको छ । दुर्घटनामा परि अन्य ३ जना घाइते भएका छन् ।