aagolagi-at-Fungling.jpg

काठमाडौं – सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाको सकरदही टोलमा आगलागी हुँदा ४ घर जलेर नष्ट भएका छन् । कङ्कालिनी –२ सकरदही निवासी जगन सुतिहारको गाईगोठबाट शुरु भएको आगलागीमा परी नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर आज विहान जलेर नष्ट भएको वडाध्यक्ष सन्तोष गोइत यादवले बताएका छन् ।

आगलागीका कारण खाद्यन्न, लत्ताकपडा, नगद जिन्सी र भाँडाकुडा गरी करिव रु २० लाख मूल्य भन्दा बढीको क्षति भएको यादवले जानकारी गराएका छन् । आगलागीलाई स्थानीयवासी, बारुणयन्त्र, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीले नियन्त्रणमा लिएका छन् ।