suprem-court.jpg

काठमाडौं – संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथि सुनुवाइ आज सुरु भैरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा गठन गरिएको संवैधानिक इजलासमा बहस सुरु भएको छ । अधिवक्ता दिनमणि पोखरेलले बहस सुरु गरेका छन् । हिजो ४ जना अधिवक्ताहरुले रिटमाथि बहस गरेका थिए । संसद विघटनको मुद्दामा हिजो न्यायाधीश र वकिलहरुबीच बहस भएको थियो ।

सर्वोच्च अदालतले अब दैनिक रुपमा अदालतमा परेका रिटहरुमाथि बहस गर्ने निर्णय समेत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । संसद विघटन असंवैधानिक भएको जिकीरसहित सर्वोच्चमा एक दर्जन भन्दा धेरै रिटहरु परेका छन् ।