Ranga-Thapa.jpg

काठमाडौं – हुम्लामा नेकपाको ओली र प्रचण्ड–नेपाल समूहबिच झडप परेको छ । झडपमा अदानचुली गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रङ्ग थापा घाइते भएका छन् । वडा नम्बर १ को कल्ख्यामा नेकपाको ओली पक्ष्यले वडा कमिटी गठन गरेर फर्कने क्रममा बाटोमा प्रचण्ड–माधव तर्फका कार्यकर्ताहरुले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएको गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिएका छन् ।

वडाध्यक्ष थापाको टाउको र मुखमा चोट लागेको छ । उनलाई स्थानीय स्वास्थ्य चौकीमा लगि ६ वटा टाँका लगाइएको छ । वडा अध्यक्ष थापा पूर्व माओवादीबाट निर्वाचित भएका थिए । तर उनी अहिले ओली समूहमा लागेका छन् ।