ezgif-4-92e9738f248d.jpg

काठमाडौं – लिगको पहिलो हाफमा मुलरले बनाएको १६ खेलपछि २० गोलको कीतिमानलाई लेवान्डोस्कीले तोडेका छन् । उनले १६ खेलमा २१ गोल गरिसकेका छन् । रोबर्ट लेवान्डोस्कीले जर्मन बुन्डेस लिगामा गर्ड मुलरले बनाएको ४२ वर्ष पुरानो गोलको कीर्तिमान तोडेका छन् । एससी फ्रीबर्गविरुद्ध बायर्नलाई जीत दिलाउने क्रममा गोल गर्दै लेवान्डोस्कीले यो कीर्तिमान बनाउन सफल भएका हुन् ।

पोल्याण्डका खेलाडीले गत सिजनमा बायर्नलाई ट्रेबल जित्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले यस क्रममा ४७ खेलमा ५५ गोल गर्न सफल भउका थिए । यसमध्ये ३४ गोल उनले जर्मनीको लिगमा गरेका थिए । ३२ वर्षीय खेलाडी एक गोलले लाजियोका सिरो इमोबाइलसँग पछि पर्दै युरोपीयन गोल्डन शु जित्न सकेका थिएन्न । यो सिजन पोलिस खेलाडी यो रेसमा सबैभन्दा अगाडि रहेका छन् । गत सिजन उत्कृष्ट प्रदर्शन गरेबापत् उनले वर्षको उत्कृष्ट पुरुष खेलाडीका रुपमा फिफा द बेस्ट मेन्स प्लेयर अवार्ड पाएका थिए ।