gold_YKxx7p1NyS.jpg

काठमाडौं—नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज सोमबार २ सय रुपैयाँले घटेर तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ । यसैबीच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।