ezgif-2-203b6f678767.jpg

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर २ सय ६६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको छ । भने थप ५ जना कोरोना भाइरस सङ्क्रमितको ज्यान गएको छ । आजको यो सङ्ख्यासँगै देशभर कोरोना भाइरसको सङक्रमण बाट ज्यान गुमाउनेको कुल सङ्ख्या १ हजार ९ सय ५९ पुगेको छ । आज देशभर ३ हजार ५ सय ८ पीसीआर परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ४ सय कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यो सङ्ख्यासँगै हालसम्म देशभर डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ६१ हजार ४ सय ४४ पुगेको छ । देशभर ३ हजार ९ सय १९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । मन्त्रालयका अनुसार हाल देशभर १ सय ५७ जना कोरोना सङ्क्रमितको आइसीयूमा र ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।