thumb.php.jpg

काठमाडौं – नेकपा प्रचण्ड–माधव पक्षका नेता भीम रावलले प्रधानमन्त्री केपी ओली गन्हाएर बालुवाटार गैइसक्नु नभएको उल्लेख गरेका छन् । प्रचण्ड–माधव नेपाल पक्षको अनेरास्ववियू उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दैे नेता भीम रावलले सो कुरा भनेका हुन् । उनले ओली एक नम्बर भगौडा भएको आरोप लगाएका छन् ।

उनले प्रधानमन्त्री केपी ओलीलाई सिद्धान्त र नीतिका डल्लाले धोएर समेत पखाल्न नसकिएको भन्दै ब्याङ्ग्य गरेक थिए । उनले भने, ओलीलाई सिद्धान्त र नीतिका साबुनका डल्लाले धोयौं, बिधिको डल्ला ले धोयौं । त्यसरी धुँदा धुँदा कयौं ड्रमका ड्रम सिद्धान्त सकिए । विधि सकिए, नीति सकिए । तर अहिले बालुवाटार ओरिपरि गैइसक्नु छैन ओली गन्हाएका छन् ।’