ezgif-2-793e83cdcdfe.jpg

काठमाडौं – इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ५६ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले आज बताएको छ । इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पमा परी ३४ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी दिइएको थियो । अहिले यो सङ्ख्या बढेर ५६ पुगेकोे त्यहाको निकायले बताएको छ ।

भूकम्पमा परी मामुजु सहरका ८ सय २६ जना घाइते भएका छन् भने ती मध्ये १ सय ८९ जनाको अवस्था चिन्ताजनक रहेको प्रकोप व्यवस्थापन निकायका प्रवक्ता राडित्या जाटीले जानकारी दिएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । भूकम्पका कारण १५ हजार भन्दा धेरै मानिसहरु विस्थापित भएको अधिकारीहरुले शनिबार बताएका थिए । भूकम्पपछि सयौँ घर तथा भौतिक संरचनाहरुमा क्षति पुगेको अधिकारीहरुले बताएका छन् ।

भूकम्पले सवैभन्दा धेरै मामुजु सहर र मजेने जिल्ला सवैभन्दा धेरै प्रभावित भएको प्रकोप व्यवस्थापन निकायका प्रवक्ता राडित्या जाटीले जानकारी दिनुभएकोे छ । सन् २०१८ मा इन्डोनेसियाको सुलावेसी र पालुमा आएको ७.५ म्याग्नीच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी ४ हजार ३ सय भन्दा धेरै मानिसको ज्यान गएको थियो । सन् २००४ को डिसेम्बर २६ मा गएको ९.१ म्याग्नीच्युडको भूकम्प र त्यसपछि आएको शक्तिशाली सुनामीमा परी २ लाख २० जनाको ज्यान गएको थियो । त्यसमा १ लाख ७० हजार इन्डोनेसियाली नागरिक रहेका थिए ।