sun chadi.jpg

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज साताको पहिलो दिन छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जानकारी दिएको छ । तेजाबी सुनको मूल्य पनि तोलामा ७ सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।