Pushpa_Kamal_Dahal_Prachanda.2e16d0ba.fill-650x500.jpg

काठमाडौं – काठमाडौंको बुद्धनगरमा आयोजित राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संसद् विघटन गर्ने निर्णयले संविधानकै हत्या भएको बताएका छन् । सात दशक लामो सङ्घर्षबाट प्राप्त संविधानको हत्या पछि केपी ओली हाँसेर बसेको प्रचण्डले टिप्पणी गरेका छन् । उनले भने ‘अहिले देश तनाबमा छ । संविधानको चिन्ता छ । यस्तो बेलामा हामी हाँस्न सक्दैनौ । अहिलेको व्यवस्था नै केपी शर्मा ओलीको चाहना नभएको प्रचण्डले आरोप लगाएका छन् । प्रचण्डले भने ‘आन्दोलनको उत्सव चलिरहँदा उहाँ गोरुगाढाको कथा सुनाउँदै बस्नु हुन्थ्यो । आन्दोलनले गणतन्त्र ल्याउनु र गोरुगाढाबाट अमेरिका जानु एउटै हो भर्नु हुन्थ्यो’ ।

ओलीले प्रतिक्रियावादीहरुसँग साँठगाँठ गरेर संसद् विघटन गरेको प्रचण्डले बताएका छन् । ‘प्रतिक्रियावादीहरुसँग साँठगाँठ भयो । त्यो अमान्य छ । घृणा गर्छौं । त्यो पतनको बाटो अस्वीकार्य छ’, प्रचण्डको भनाइ रहेको थियो । ओलीलाई प्रधानमन्त्री पार्टी बनाए पनि पार्टी निर्णय नमानेर देशलाई दुर्घटनातिर धकेलेको प्रचण्डले बताएका छन् । ‘बहुमतको निर्णय पार्टी निर्णय हुने भए पनि उहाँले बहुमतको निर्णय मान्दिनँ भन्नुभयो । बैठकमै आए पनि बीचमै छोडेर हिड्ने गर्नुभयो । साथीहरुको विश्वास लिन सक्नु भएन’, उनले भने ।

ओली सिद्धान्तहीन बुर्जुवा बाटोमा हिडेको समेत प्रचण्डले आरोप लगाएका छन् । भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न भन्ने नारा भ्रष्टाचारी जोगाउनकै लागि ओलीले प्रयोग गरेको प्रचण्डको भनाइ थियो । अख्तियारमा मुद्दा चलिरहेका व्यक्तिलाई समेत ओली आफैले सफाई दिने गरेको समेत उनले बताए ।