Nepal-Medical-Council.jpg

काठमाडौं – नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स दर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । ५९ औं लाइसेन्स दर्ता परीक्षा फागुन ९ र १० गते सञ्चालन गर्ने काउन्सिलद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । फागुनमा हुने परीक्षाका लागि काउन्सिलले माघ ५ गतेदेखि अनलाइन आवेदन फाराम खुला गरेको हो । परीक्षामा सहभागी हुनका लागि आवेदकले काउन्सिलको वेबसाइटमा दिइएको निर्देशन अनुसार अनलाइन आवेदन फारम भर्न सकिने उक्त सूचनामा बताइएको छ ।

माघ ५ देखि २४ गतेसम्म नियमित र माघ २५, २६ गते शुल्कसहित फारम बुझाउनु पर्ने काउन्सिलले जानकारी दिएको छ । परीक्षा सञ्चालन काठमाडौंकै केन्द्रमा हुने समेत उल्लेख गरिएको छ ।