manakamana.jpg

कानठमाडौं – गोरखाको शहीद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्न थालेको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण ९ महिना बन्द भई गत मङ्सिर २८ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्न थालेका छन् । प्रत्येक दिन मनकामना मन्दिरमा दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुन थालेको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले बताएका छन् । उनका अनुसार हिजो एकै दिन ५ हजारभन्दा धेरै दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई मन्दिर दर्शनका लागि खुला गरिएको पुजारी थापाले जानकारी दिएका छन् ।

यसैबीच हिजो मात्र ४ हजारभन्दा धेरै दर्शनार्थी मनकामना केबलकार चढेर मनकामना मन्दिर दर्शन गर्न पुगेका छन् । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले हिजो एकै दिन ४ हजार ५ सयले केबलकार चढेको बताएका छन् । उनका अनुसार कोरोना भाइरसको सङ्क्रमणका कारण बन्द भएपछि सञ्चालनमा आएको केबलकार ४ हजार ५ सय जना चढेको यो पहिलो पटक हो । कोरोना महामारीअघि सार्वजनिक बिदा र शनिबारका दिन चार हजार ५ सय जना भन्दा बढी दर्शनार्थी केबलकार चढेर मनकामना मन्दिर पुग्ने गर्दथे । सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै केबलकार सञ्चालन गरिएको छ ।

मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालनमा रहेको मनकामना केबलकारको प्रदेशद्वार बटम स्टेशन चितवनको इच्छाकामनाल –४ चेरेसमा रहेको छ । केबलकारबाहेक मोटरबाटो र पैदलमार्फत पनि दर्शनार्थी मन्दिर पुग्ने गर्दछन् ।