ezgif-5-e6e7d9e67cc5.jpg

काठमाडौं – कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका कारण गत चैत्र ११ गतेदेखि बन्द रहेका काठमाडौंका विद्यालय आजदेखि पुर्न सञ्चालनमा आएका छन् । काठमाडौं महानगरपालिकाले भौतिक दुरी कायम गरेर स्वास्थ्य मापदण्ड पुरा गर्न सक्ने विद्यालयले विद्यार्थीहरुको उपस्थितिमा भौतिक रुपमा विद्यालय खोल्न सकिने जानकारी दिएपछि आजबाट महानगरपालिका भित्रका केही विद्यालय खुलेका हुन् ।

कतिपय विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चालन गरेर विद्यार्थीहरुको चाप घटाएका छन् । विजय स्मारक माध्यामिक विद्यालयका प्रध्यानाध्यापक डिल्लीप्रसाद शर्माले आजबाट आफ्नो विद्यालयमा भौतिक रुपमा पठन पाठन गर्नेगरी खुलेको जानकारी गराएका हुन् । नर्सरीदेखि कक्षा ५ सम्म एक सिफ्ट र ५ कक्षादेखि १० कक्षासम्म अर्को सिफ्ट गरी विद्यालय सञ्चालन गरीने प्रधानाध्यापक शर्माले जानकारी दिएका छन् ।

काठमाडौँका महानगरपालिकाकेही विद्यालयहरु बाट खुलेतापनि सम्पूर्ण विद्यालय भर्ने खुल्न अझै केही समय लाग्ने भएको छ । कतिपय विद्यालयले पूर्वतयारी गरिरहेको र काठमाडौं महानगरपालिकाको औपचारिक पत्र प्राप्त नगरेको भन्दै विद्यालय खोलिसकेका छैनन् । केही दिनपछि पठनपाठन सञ्चालन गर्ने उनीहरुको तयारी रहेको छ । रत्नराज्य माध्यामिक विद्यालयका प्रध्यानाध्यापक रामाशिस यादवले शिक्षक र विद्यार्थी विद्यालय आउन उत्सुक भएपनि पूर्वतयारी गर्न समय लाग्ने भएकाले केही दिनमा विद्यालय खोल्ने जानकारी गराएका छन् । कतिपय विद्यालयले अनलाइन प्रणालीमार्फत कक्षा सञ्चालन गरिरहेका थिए । भौतिक रुपमा विद्यालय सञ्चालन गरिएसँगै विद्यार्थीहरु मास्कको प्रयोगसहित विद्यालय जान थालेका छन् ।