nhs-ambulance.jpg

काठमाडौं – बेलायतमा कोरोना भाइरसको सङक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ८८ हजार भन्दा धेरै पुगेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हिजो एकै दिन १ हजार २ सय ९५ जना कोरोना सङ्क्रमितको ज्यान गएकोे छ ।

शनिबार सार्वजनिक गरिएको यो तथ्याङ्क अहिले सम्मकै सबैभन्दा धेरै रहेको हो । यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको कुल सङ्ख्या ८८ हजार ५ सय ९० पुगेको छ । भने पछिल्लो २४ घण्टामा ४१ हजार ३ सय ४६ जना कोरोना भाइरसका नयाँ सङक्रमित थपिएका छन् । यो तथ्याङ्कसँगैै बेलायतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३३ लाख ५७ हजार ३ सय ६१ पुगेको छ ।

बेलायतमा विगत २ हप्ता देखि लगातार ४० हजार भन्दा धेरै कोरोना भाइरसका नयाँ सङ्क्रमित बढ्दै आएका छन् । हाल बेलायतका अस्पतालमा ३७ हजार भन्दा भन्दा धेरै कोरोना भाइरस सङ्क्रमितको उपचार भइरहेको स्वास्थ्य विभागले जानकारी दिएको छ ।

बेलायतमा कोरोना भाइरसको सङ्क्रमण दर अत्यधिक रुपमा बढेपछि फाइजर र अक्सफोर्डको खोपलाई तीव्रता दिइएको छ । बिहीबार सम्ममा ४० लाख ६ हजार ४ सय ४० खोप वितरण गरिसकिएको स्वास्थ्य विभागले बतएको छ । जसमध्ये ३५ लाख ५९ हजार १ सय ७९ जनाले पहिलो डोज लगाएका छन् भने चार लाख ४७ हजार २ सय ६१ जनाले दोस्रो तथा अन्तिम डोज लगाई सकेका छन् ।