https _specials-images.forbesimg.com_imageserve_1200234737_0x0.jpg

काठमाडौं – प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले समूह ‘बी’ मा रहेका नेपाल पुलिस क्लब र बागमती प्रदेश खेलिरहेका छन् । कीर्तिपुरमा रहेको टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिस १ सय ११ रनमै अलआउट भएको हो । साविकको विजेता रहेको पुलिसको यो लज्जास्पद ब्याटिङ रहेको हो । पीएम कपमा पुलिसको यो अहिलेसम्मकै कम स्कोर देखिएको हो । बागमतीका बलरहरु नन्दन यादव र तिलकराज भण्डारीले उत्कृष्ट बलिङ गरेपछि पुलिस २९.३ ओभर मात्र क्रिजमा टिक्यो ।

पुलिसका लागि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले समान २१ रन बनाएका थिए । यस्तै ओपनर सुनिल धमला र कुशल भुर्तेलले समान १७ रन जोडे भने बाँकी खेलाडीले दोहोरो अङ्कमा रन छुन सकेकाछैन्न । पुलिसलाई अलआउट गर्न बागमतीका नन्दन यादव र तिलकराज भण्डारीले ४–४ विकेट लिएका थिए । तिलकले ७.३ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर ४ विकेट लिए, नन्दनले ९ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चेर ४ विकेट लिए । यस्तै रामनरेश गिरीले पनि २ विकेट लिए थिए ।