corona death web.jpg

लण्डन – कोरोना भाइरस को सङ्क्रमणबाट विदेशमा थप २ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा १ जना र साउथ अफ्रिकामा १ जनाको निधन भएको हो । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सँगै विदेशमा कोरोना भाइरसबाट ज्यान गुमाउने नेपालीको संख्या ३ सय १९ पुगेको छ ।

सङ्घको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ती मध्ये ५२ हजार ९ सय ४५ जना कोरोना मुक्त भएका छन् । यो कुल सङ्क्रमितको ९५ प्रतिशत हो । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, साउथअफ्रिका लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।