shankar_pokharel_tZMaOE0eaC_gpNAfy2Fjr.jpg

काठमाडौं — लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रधानमन्त्रीले संसद विघटन गरेर प्रतिनिधिसभा मासेको वा हत्या नगरेको दावी गरेका छन् । उनले नयाँ जनादेशमार्फत जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधिको बलियो उपस्थिति रहने नयाँ संसदको खोजी भएको पनि दावी गरेका छन् । उनले संसद् विघटन गर्नुपर्नाको कारण नयाँ युगका लागि भनेर दावी समेत गरेका छन् ।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेखेका छन्, ‘प्रचण्डहरुले भनेझै संसद् मासेको÷संसदको हत्या गरेको नभै नयाँ जनादेश मार्फत जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधिको बलियो उपस्थिति रहने नयाँ संसदको खोजी भएको हो । नयाँ युगतर्फको यात्राका लागि ।’

संसद विघटनपछि त्यसको विपक्षमा सवै राजनीतिक दल तथा नागरिक समाज आन्दोलित छ । संसद विघटनलाई दलहरुले असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी भन्दै आएका छन् । संसद पुर्नस्थापनाको माग गर्दै सर्वोच्चमा परेका रिटमा सुनुवाई भइरहेको छ । तर, केपी ओली पक्षका नेताहरु नयाँ जनादेशका लागि भन्दै ५ बर्षे संसदलाई बीचमै विघटन गर्नुलाई ठुलो उपलब्धिका रुपमा व्याख्या गर्दै आइरहेका छन् ।