Sherdhan-Rai_Miss-Mangol-Sherpa_Final.jpg

काठमाडौँ—प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक सम्बन्धमा बाँधिने भएका छन् । मुख्यमन्त्री राई र मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पाबीच यही माघ ११ गते विवाह हुने भएको हो । मुख्यमन्त्री राईका स्वकीय सचिव नवराज राईले माघ ११ गते विवाह हुने पक्का भएको बताएका छन् । स्रोतका अनुसार विवाह काठमाडौँमा हुने भएको छ । काठमाडौँमा विवाह लगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितीभोज कार्यक्रम हुने बताइएको छ । मुख्यमन्त्री राई ४८ वर्षका हुन् भने मिस मंगोल २०१८ की विजेता शेर्पाको उमेर २० वर्ष पुगेको पारिवारिक श्रोतले जानकारी दिएको छ।