congress-protest-ktm-17.jpg

काठमाडौँ – प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले आज (शनिबार) देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ । पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार देशभरका ७ सय ५३ स्थानीय तहमा कांग्रेसले आज विरोध प्रदर्शन गर्न लागेको हो । यसअघि शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारविरुद्धको प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई अपिल गरेका थिए । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । प्रतिनिधिसभा भङ्गको कदमलाई असंवैधानिक भनेको कांग्रेसले त्यसविरुद्ध चरणवद्ध आन्दोलन गरिरहेको छ ।