53277727_303.jpg

भारत- सन् २०२० को जनवरी ३० मा कोरोना भाइरसको पहिलो सङ्क्रमित भेटिएको भारतमा झण्डै एक वर्षपछि खोप अभियान सुरु भएको हो । भारतमा आज शनिबारदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु हुन लागेको हो । भारतले विश्वकै सबैभन्दा ठूलो खोप अभियान गर्ने भएको छ । हालसम्म भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या १ करोड ५ लाख २७ हजार भन्दा बढी छ भने कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ५१ हजार ९ सय भन्दा धेरै रहेको छ ।