1200px-Madhav_Kumar_Nepal2.JPG

दाङ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव खेमाका अध्यक्ष माधवकुमार नेपालले प्रचण्ड जस्तो व्यवहारमा इमान्दार अरु कोही नभएको बताएका छन् । दाङको घोराहीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले प्रचण्डको प्रशंसा गरेका हुन् । प्रचण्ड जस्तो व्यवहारमा इमान्दार कोही छैनन् । विध्वंसको अर्को नाम केपी ओलि हो’, उनले भने, ‘देउवासँगको भेटपछि अब कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारीमा छौँ ।’ यस्तै उनले केपी ओलीले संविधानविपरीत कार्य गरेको आरोप लगाएका छन् ।

दाङको तुलसीपुरमा प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको जिल्ला स्तरिय भेलालाई सम्बोधन गर्न आएका नेपालले पत्रकार सम्मेलनमा संसद विघटन संविधान विपरीत रहेको जिकिर गरेका छन् । केपी ओलीमा कुनै नैतिकता छैन । अहमता र तानाशाह प्रवृत्ति छ’, उनले भने, ‘दुई–चारजना चोइटिएर जाँदैमा कुनै असर पर्दैन ।’ भेलालाई सम्बोधन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन लगायतका नेताहरु दाङ पुगेका छन् ।