football.jpg

काठमाडौं – माघ ७ गतेदेखि राष्ट्रिय महिला लिग फुटबलखेल सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एनफा) ले जनाए अनुसार खेलमा सात टिम सहभागी हुने छन् र यो लिग एक महिना लामो हुनेछ । लिग खेल्ने हरेक टिमले चार जना विदेशी खेलाडीलाई राखि खेलमा सहभागि भई खेल्न पाउने छन् र प्रतियोगिताको अवधिभर कुनै खेलाडी वा अफिसियललाई केरोना भाइरसकोे शङ्का लागेमा एन्फाले नै आइसोलेसनको व्यवस्था गर्ने भएको छ ।

लिगको पहिलो र अन्तिम खेल दशरथ रङ्गशालामा हुनेछ, भने बाँकी खेल सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुनेभएको छ । प्रतियोगिता विजेताले १५ लाख, दोस्रो हुनेले ८ लाख, तेस्रोले ५ लाख र चौथो हुनेले ३ लाख रुपैयाँ पाउने छन् ।