काठमाडौं – मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका तारकेश्वर नगरपालिका –३ का १२ वर्षीय अमृत देवकोटको उपचारको क्रममा ओम समाज अस्पतालमा ज्यान गएको महानगरीय प्रहरी बृत्त, थानकोटका डिएसपी मोहन खाँणले जानकारी दिएका छन् । तर आफन्तले उपचारमा अस्पतालले लापरबाही गरेको भन्दै शवसमेत बुझ्न मानेका थिएनन् । तर, अस्पताल र आफन्तबीच हालै समझदारी भइसकेको कालिमाटीका डीएसपी अपिलराज बोहोराले जानकारी दिएका छन् । चन्द्रागिरि–५ स्थित दाउरा डिपो नजिकै थानकोटबाट कलङ्की जाँदै गरेको प्रदेश नं ३–०२–००९ प ८४४८ नम्बरको मोटरसाइकलले अमृतलाई ठक्कर दिएको हो ।
उनको ओम समाज अस्पतालमा उपचारको क्रममा ज्यान गएपछि मृतकका आफन्तले कङ्लकी नागढुङ्गा सडकखण्डमा अबरोध गरेका हुन् । विवाद बढ्न सक्ने देखिएपछि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर सडक खुलाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार २३ वर्षीय सुन्दर सदा शङ्कर र २३ वर्षीय सुदिप बस्नेत गम्भीर घाइते भएका छन् ।