top_MDWNfxFWCV.jpg

ऊर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले जनयुद्धको लिगेसी आफुहरुले नछाडेको दावी गरेका छन् । उनले जनयुद्धको लिगेसी प्रचण्डले छाडेको आरोप लगाएका छन् । रिपोटर्स क्लब बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले ‘लिगेसी भनेको के हो ? प्रचण्डसँग बसिरदा मात्रै हो ? अरु गर्दा जनयुद्ध लिगेसी नहुने ? वैद्य, विप्लव, भट्टराई, बादल, मणि थापाले प्रचण्डको साथ नदिँदा लिगेसी अब उहाँसँग छैन । बरु हामीतिर छ, भनेर प्रश्न गरेका छन् । अब प्रचण्ड पनि कसरी जनयुद्धको लिगेसी भएको नेता भए ? माधव नेपाल, नारायणकाजी जस्ता जनयुद्ध नलडेका नेताहरुसँग पार्टीमा बसेका छन्,’ उनको प्रश्न थियो ।

उनले एमसीसी लागू गर्ने र नगर्नेबारे छिटै निर्णय गर्नुपर्ने बताएका छन् । उनले विद्युत् उत्पादन बढ्दै गएको तर विस्तार गर्न ट्रान्समिसन लाइन नभएकाले अब एमसीसीबारे निर्णय लिइहाल्नुपर्ने बताएका हुन् । उनले भने, ‘एमसीसी लागू गर्नै हुन्न भने खारेज गर्नुप¥यो, नत्र लागू गर्नुप¥यो । हुन्छ कि हुन्न भनेर कुरी राख्न भएन ’ । उर्जामन्त्री रायमाझीले आफु पनि विदेशी लगानी भित्राउने पक्षमा नभएको तर एमसीसी चाहि १० वर्ष पहिलेदेखि नै नेपाल सरकारले ल्याएको र त्यसको कार्यान्वयन गर्ने कि नगर्ने भन्नेमा छिटै निर्णय गनुपर्ने बताएका छन् । आउँदो जेठसम्म ५० मेगावाट र अर्को भदौसम्म ५ सय मेगावाट विद्युत् बढी हुने भए पनि ट्रान्समिटर लाइन विस्तार नहुँदा त्यसलाई बेच्न सक्ने आधार तयार नभएको बताए । यसले गर्दा दैनिक एक अर्ब बराबरको घाटा लाग्न सक्ने बताएका छन् ।

मन्त्री रायमाझीले सरकारले निवार्चनमा लैजानै प्रकृयाकै लोकतान्त्रिक विधि भएको उल्लेख गर्दे निर्वाचनमा जाँदा ताजा जनादेश आउने र त्यसबाट किन पछाडी हट्ने भनेका छन् । जनताले विकास र सम्वृद्धि प्राप्त गर्न पठाएका बेला पार्टीभित्रको द्वन्द्व समाधान गर्न नसकेर सडकमा ढुंगा हान्न जानु लोकतन्त्र र जनमत विपरीत रहेको उनले बताएका छन् ।