Kamal-Pokhari_Protest-9.jpg

काठमाडौं – काठमाडौंमा रहेको कमल पोखरीको पुनर्निर्माण गर्ने क्रममा कङ्क्रिटको प्रयोग गरिएको भन्दै सम्पदा बचाउन अभियानका अभियन्ताहरुले विरोध गरेका छन् । उनीहरुले कमल पोखरीमै गएर त्यहाँको मौलिकता भत्काउन नहुने भन्दै विरोध जनाउदै प्रदर्शन गरेका छन् । कमल पोखरीको माटो मुखमा दलेर उनीहरुले पुनर्निर्माणमा कङ्क्रिट प्रयोगको विरोध जनाएका हुन् । हाल कमल पोखरी पुनर्निर्माणको काम सुरु भइरहेको छ ।