NEB-oct.jpg

काठमाडौं – गत मंसिरमा सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा यहि माघ १० गते सम्ममा सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताएका छन् । परीक्षार्थीहरुको डाटा रुजु गर्ने काम अन्तिम चरणमा पुगेको उनले बताएका छन् ।

बोर्डका अध्यक्ष पौडेलले भने, कक्षा १२ को परीक्षाको नतिजा यहि माघ १० गते सम्ममा सार्वजनिक गर्छौ, डाटा रुजुमा ढिलाइ भएपछि पुसको दोस्रो साता सार्वजनिक हुने भनिएता पनि नतिजा प्रकाशन एक महिना ढिलो भएको हो । कोरोना भाइरसको महामारीका कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर १६ गर्ते सम्पन्न भएको थियो ।