korea.jpg

काठमाडौं – राजनीतिक भेलाको अन्त्यका अवसरमा उत्तर कोरियाले बिहीबार राती नयाँ ब्यालेस्टिक मिसाइल्सको प्रदर्शन गरेको छ । यी मिसाइल्सले समून्द्र भित्रैबाटनै मार हान्न सक्ने बताएका छन् । नेता किम जोङ उन उपस्थित भव्य समारोहमा सैनिकहरुले परेडसहित हतियारको प्रदर्शन गरेका हु्न् । उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसिएनएले परेडका क्रममा आफुले विश्वकै शक्तिशाली हतियारहरुको प्रदर्शन गरेको दाबी गरेको हो । प्योङयाङमा यसैसाता आयोजित भेलाका क्रममा आर्थिक विकास गर्नका लागि अघि सारिएका योजनाहरु पूरा गर्न अस्वीकार भएको स्वीकारोक्ती नेता किम जोङ उनले गरेका थिए । यद्यपी, उनले आफनो देशको सैन्य क्षमता भने बढाउने वाचा समेत गरेका थिए ।

केसिएनएले जनाए अनुसार, विश्वकै सर्वाधिक शक्तिशाली हतियार, सवमारिन–लन्च ब्यालेस्टिक मिसाइल्सहरु एकपछि अर्को गर्दै स्क्वायरमा प्रवेश गरे, क्रान्तिकारी सैन्य दस्ताको शक्तिलाई यसले प्रदर्शन गरिरहेको छ । केसिएनएले सार्वजनिक गरेका तस्विरहरुमा एसएलबिएमलाई पुकगुकसोङ –५ लेबल गरिएको देखिएको थियो, गत अक्टूबरमा सार्वजनिक गरिएको पुकगुकसोङ –४ लाई रुपमा अपग्रेड गरिएजस्तो यसले देखाएका छ ।

नयाँ मिसाइल लामो देखिन्छ,’ अमेरिकाको क्यालिफोर्नियास्थित जेम्स मार्टिन सेन्टर फर ननप्रोलिफिरेशन स्टडिज (सीएनएस) का अनुसन्धानकर्ता माइकल डुइट्सम्यानले ट्वीटमा लेखेका छन् । कार्निजी इन्डाउनमेन्ट फर इन्टरनेशनल पिसअन्तर्गत आणविक नीति कार्यक्रमका सिनियर फेलो अंकित पाण्डेले यस परेडमा यसअघि कहिल्यै नदेखिएको छोटो–दूरीको ब्यालेस्टिक मिसाइल पनि प्रदर्शन भएको बताए । केसिएनएले जनाए अनुसार शक्तिशाली क्षमताका भएका रकेट पनि यस समारोहमा प्रदर्शन भएका थियो ।